Reason Deu (Feat. Eleena Chauhan)

Reason Deu (Feat. Eleena Chauhan)

Jwala Rai

Альбом: Reason Deu
Длительность: 4:36
Год: 2022
Скачать MP3

Текст песни

खोज्यो भने जुनमा पनि दाग भेटीन्छ
मनको आँखाबाट हेरे राम्रो देखिन्छ
ढुङ्गा हो की मन् हो तिम्रो पाईन मैले भेउ
मलाई माया नगर्ने खै एउटा रिजन देउ
जता राम्री केटी देख्यो उतै धाउने
अझ आफ्नै गुणको मलाई पुराण सुनाउने
धकेलेर पुर्याई दिउँला बाग्मतीको छेउ
तिम्लाई माया गर्नैपर्ने एउटा रिजन देउ

अरे बाबा कति सार्हो पिरो तिम्रो बोली
थोरै आँखा कस्ले डुलाउँदैन आजभोलि
तर तिमी नै हौ मेरो मनको चारधाम
आँखाले नि अरुलाई छुन्न रामराम
केटा मान्छेले चै सधैं मनोमानी गर्ने
बजारको सामान होर छान्दै हिड्नु पर्ने
मायाँ सायाँ लाउँदीन म नगर भो बल्
जाउ आँखा अन्तै लाउ म त भिरको फल्
ढुङ्गा हो की मन् हो तिम्रो पाईन मैले भेउ
धकेलेर पुर्याई दिउँला बाग्मतीको छेउ
मलाई माया नगर्ने खै एउटा रिजन देउ
तिम्लाई माया गर्नैपर्ने एउटा रिजन देउ

बुढेसकालमा एक्लै होलाउ नखोज है भाउ
दाँत हुँदै मकै चपाउ नखाउ चाउचाउ
तिम्लाई ईम्प्रेस गर्नलाई के गरौं त मैले
हामी दुई र हाम्रो दुईटा बनाउने कहिले
केटी मान्छे अलि अलि खोज्नै पर्छ भाउ
हिम्मत भए बाउ आमालाई घर मै मग्न आउ
मलाई ईम्प्रेस गर्छौ भने बन जेन्टलम्यान
यो ज्यान बाहेक अरु तिर हुनु हुन्न ध्यान
ढुङ्गा हो की मन् हो तिम्रो पाईन मैले भेउ
धकेलेर पुर्याई दिउँला बाग्मतीको छेउ
मलाई माया नगर्ने खै एउटा रिजन देउ
तिम्लाई माया गर्नैपर्ने एउटा रिजन देउ