Yati Chokho Yati
Narayan Gopal
2:56मलाई जिन्दगी यो लाग्दछ तिमी भन्दछौ यो पीर हो जे छन् सबै ती व्यर्थ छन् तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी यो लाग्दछ... बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु खाली भएर शून्यझैँ यहाँ खण्डहरूझैँ जिउँदछु मेरा सारा-सारा अभावलाई आकाश मेरो भन्दछु तर मोहलाई म के भनूँ? तिमी भन्दछौ यो भार हो मलाई जिन्दगी यो लाग्दछ... पोखिएकै म पानी भई कहीँ शीत भई म अल्झिएँ थाम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिएँ थाम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिएँ निर्दोष अनेक नजरमा म आँसु बुनेर रोकिएँ मझधारलाई म के भनूँ? तिमी भन्दछौ यो किनार हो मलाई जिन्दगी यो लाग्दछ तिमी भन्दछौ यो पीर हो मलाई जिन्दगी यो लाग्दछ...