Flirty Maya

Flirty Maya

Neetesh Jung Kunwar

Альбом: Njk 2018
Длительность: 4:01
Год: 2019
Скачать MP3

Текст песни

तिम्रो रङ्गीन त्यो भित्तामा मेरो black-and-white फोटो तिमी टाँस न
मेरो कोइ नि नहाँस्ने चुट्किलामा तिमी मुर्छा परी हाँस न
गाउन आउँदैन मलाई, तैनि तिमी छमछमी नाच न
त्यति पातली त छैनौ, हाल्का बोसो लाग्या कम्मर भए नि भाँच न

म परेँ पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न

हे, रेला गऱ्या हैन मैले, तिम्रो सबै कुरा म त मान्दिउँला
तिम्रो भूपू मायालुले दुःख दिए त्यसलाई घरमै गई हान्दिउँला
"खान्छु" मात्र भन तिमी, होटेलमा लगी जे नि खान्दिउँला
डोरी भको ब्लाउज लगाउनू, अनि पछि-पछि आई डोरी तान्दिउँला

म परेँ पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न
सधैँ नै पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न

ए-हे, ला-ला
ला, ला, ला-ला-ला-ला-ला
आ-हा, हा, हा
ला-ला-ला-ला, ला, ला, ला

आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउँछ, दिल तोड्दिन
आउला बाधाअड्चन जिन्दगीमा, तर कहिले मुख भने मोड्दिन
होलान् तिमीसँग आफ्नै अतीतका कुरा, कहिल्यै सोध्दिन
मेरो पनि मिलन-बिछोडका कथा हामीसँग कहिल्यै जोड्दिन

म परेँ पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न
सधैँ नै पछि तिम्रो
तिमी पनि हल्का यतातिर हेरिदेऊ न

म परेँ पछि तिम्रो
अब त हल्का यतातिर हेरिदेऊ न