Yati Chokho Yati
Narayan Gopal
2:56तिमीलाई म के भनूँ? तिमीलाई म के भनूँ? तिमीलाई म के भनूँ? फूल भनूँ कि जून भनूँ? फूल भनूँ कि जून भनूँ? उपमा धेरै म के दिऊँ? तिमीलाई मनकी मायालु भनूँ तिमीलाई म के भनूँ? फूल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा फूल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा यो मनलाई कसरी सम्हालूँ म? नपिई बेहोश- बेहोश भएँ म कहिल्यै नछुट्ने नशा भनूँ कि? फूल भनूँ कि जून भनूँ? फूल भनूँ कि जून भनूँ? उपमा धेरै म के दिऊँ? तिमीलाई मनकी मायालु भनूँ तिमीलाई म के भनूँ? केही झुके- झुकेका नजर, केही बोल्न खोज्दा काँपेका अधर केही झुके- झुकेका नजर, केही बोल्न खोज्दा काँपेका अधर दुई आँखाका गहिरा तालबीच नसकी तर्न डुबेँ- डुबेँ म कहिल्यै नछुट्ने तृष्णा भनूँ कि? फूल भनूँ कि जून भनूँ? फूल भनूँ कि जून भनूँ? उपमा धेरै म के दिऊँ? तिमीलाई मनकी मायालु भनूँ तिमीलाई म के भनूँ?