Marchhu Aba Ta

Marchhu Aba Ta

Swaroop Raj Acharya

Альбом: Marchhu Aba Ta
Длительность: 5:29
Год: 2018
Скачать MP3

Текст песни

माया मार्यौ तिमीले, एक्लै पार्यौ तिमीले
मर्छु अब त, सायद मर्छु अब त

मुटुमै बास थियो र पो चल्थ्यो रगत
तिमी साथ थियौ र पो थियो जगत

माया मार्यौ तिमीले, एक्लै पार्यौ तिमीले
मर्छु अब त, सायद मर्छु अब त

"नभए तिम्रो अरूको हुन्नँ, साथ छोड्दिनँ"
भन्थ्यौ तिमी, "ज्यानै जाओस्, बाटो मोड्दिनँ"
ओ, "नभए तिम्रो अरूको हुन्नँ, साथ छोड्दिनँ"
भन्थ्यौ तिमी, "ज्यानै जाओस्, बाटो मोड्दिनँ"

विश्वास र वाचाकसम भए फगत

बाटो मोड्यौ तिमीले, साथ छोड्यौ तिमीले
मर्छु अब त, सायद मर्छु अब त

सपनाहरु देखायौ र बाँचेँ आसमा
तिमी नै हुन्थ्यौ मैले फेर्ने हर सासमा
सपनाहरु देखायौ र बाँचेँ आसमा
तिमी नै हुन्थ्यौ मैले फेर्ने हर सासमा

सास नफेरी म कसोरी बाँचुँ भन त?

अर्कै भेट्यौ तिमीले, मुटु रेट्यौ तिमीले
मर्छु अब त, सायद मर्छु अब त

मुटुमै बास थियो र पो चल्थ्यो रगत
तिमी साथ थियौ र पो थियो जगत

माया मार्यौ तिमीले, एक्लै पार्यौ तिमीले
मर्छु अब त, सायद मर्छु अब त